IME Life New

खल्ती र आइएमई पे बीच मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पे आपसमा गाभिनका लागि नियामक नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ।

खल्ती डिजिटल वालेटका निर्देशक अमित अग्रवालका अनुसार, राष्ट्र बैंकले बुधबार अन्तिम स्वीकृति दिएको हो।

Esewa
Crest

नेपालको डिजिटल भुक्तानी कारोबार क्षेत्रमा दुई प्रतिस्पर्धीबीच पहिलो पटक एकीकरण हुन लागेको हो। दुबै वालेट आपसमा गाभिए पछि, ग्राहक संख्या, कारोबार आकार, वितरण केन्द्र संख्या, पूँजी र जनशक्ति सबै हिसाबले सबैभन्दा ठूलो डिजिटल वालेट कम्पनीमा रूपान्तरण हुनेछन् ।

एकीकृत कारोबार पछि डिजिटल वालेट कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ। यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ। एप्सको नाम भने खल्ती कायम हुनेछ।

अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीब्र रूपमा चल्ने कम्पनीले उल्लेख गरेको छ।

दुबै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि यो समयभित्र मर्जरपछि चल्ने खल्ती एपमै देखिन्छ।

आइएमई पेमा आइएमई समूहको मुख्य स्वामित्व छ भने खल्ती प्रा.लि.मा इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक मुख्य लगानीकर्ता हो। खल्ती प्रा.लि.मा वर्ल्ड लिंकको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS