IME Life New

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको राहातका लागि ९ महिनामा दियो रु. ४० करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालू आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ४० करोड रुपैयाँ वितरण गरेको छ। कोषले यो अवधिमा कार्यक्रमबाट १९ हजारभन्दा बढी सञ्चयकर्ता र तिनको आश्रित परिवार लाभान्वित भएको जनाएको छ।

कोषले सबैभन्दा बढी रकम साधारण र घातक रोगको उपचारका लागि उपलब्ध गराएको छ। कोषका अनुसार स्वास्थ्योपचार सुविधाअन्तर्गत साधारण रोग उपचार खर्चबापत २ हजार ९५३ सञ्चयकर्तालाई १० करोड ८२ लाख रुपैयाँ सहयोग राशि वितरण गरिएको छ। यसैगरी घातक रोग उपचारका लागि १ हजार १३ सञ्चयकर्तालाई १४ करोड १० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

Esewa
Crest

यसैगरी सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत १४ हजार ५६५ सञ्चयकर्ताले १० करोड ९२ लाख रुपैयाँ पाएका छन् ।

कोषले काजकिरिया अनुदानअन्तर्गत दुर्घटनामा वा कालगतीबाट निधन भएका ४२० जना सञ्चयकर्ताका परिवारजनलाई १ करोड ६८ लाख रुपैयाँ दिएको छ। दुर्घटना क्षतिपूर्तिअन्तर्गत १२५ सञ्चयकर्ताका आश्रित परिवारले २ करोड ४८ लाख रुपैयाँ पाएका छन् ।

कोषले गत आवको २०८०।८१ को तेस्रोे त्रैमाससम्ममा करिब २० हजार सञ्चयकर्तालाई कुल ४० करोड ४७ लाख रुपैयाँ वितरण गरेको थियो। उपचार खर्चबापत ४ हजार २८७ सञ्चयकर्ताले २५ करोड ५२ लाख रुपैयाँ पाएका छन् ।

यसैगरी सुत्केरी तथा शिशु स्याहारवापत १५ हजार १७ सञ्चयकर्तालाई ११ करोड २६ लाख रुपैयाँ वितरण गरेको थियो। काजकिरिया अनुदानवापत ५३४ आश्रित परिवारले २ करोड १३ लाख र दुर्घटना क्षतिपूर्तिअन्तर्गत ७८ सञ्चयकर्ताले १ करोड ५६ लाख रुपैयाँ पाएका थिए ।

अघिल्लो आव २०७९।८० को तेश्रो त्रैमाससम्ममा कोषले २९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको थियो। सुत्केरी तथा शिशु स्याहारका लागि १६ हजार १०५ जनालाई १२ करोड १ लाख रुपैयाँ, काजकिरिया अनुदानवापत ६७१ परिवारलाई २ करोड ६८ लाख रुपैयाँ र स्वास्थ्योपचार खर्चबापत १ हजार ७१९ सञ्चयकर्तालाई ११ करोड ३२ लाख रुपैयाँ वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%
happy

खुसी

22%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS