IME Life New

कहिले गर्दैछ क्रेस्ट माइक्रो लाइफले साधारण सभा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा जेठ २३ गते गर्ने भएको छ । सभा सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गरेको छ। यसको अर्थ जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS