IME Life New

वैशाखसम्म लघु निर्जीवन बीमकको करिब पौने ७७ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म करिब पौने ७७ करोड रुपैयाँको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक तथ्यांकअनुसार वैशाखसम्म ४ वटा लघु निर्जीवन बीमकले ३ लाख ८ हजार ३७६ वटा बीमालेख बिक्री गरेर ७६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

वैशाखसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ८५ हजार १२१ वटा बीमालेख बिक्री गरेर २१ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ७८ हजार ४५४ वटा बीमालेख बिक्री गरेर १९ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी वैशाखसम्म स्टार माइक्रोले ८३ हजार २२ वटा बीमालेख बिक्री गरेर १८ करोड ३० लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ६१ हजार ७७९ वटा बीमालेख बिक्री गरेर १७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS