IME Life New

सुर्ती, चुरोट र मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोष दह्रो बनाउने सरकारको योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कोषलाई दह्रो बनाउने कार्ययोजना बनाएको छ।

सरकारले तयार गरेको आर्थिक सुाधार कार्यान्वयन कार्ययोजनामा स्वास्थ्य बीमा कोषलाई दह्रो बनाउने नीति लिएको हो। यसका लागि स्वास्थ्य बीमाको बढ्दा भारलाई सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने नीति सरकारले लिएको छ।

Esewa
Crest

स्वास्थ्य बीमाको हालसम्म सिर्जित दायित्व भुक्तानी गर्ने योजना पनि सरकारको रहेको छ।

यसैगरी स्वास्थ्य बीमाको प्रिमियम रकम पुनरावलोकन गर्नुका साथै स्वास्थ्य बीमासँग सम्बन्धित विभिन्न स्किमहरुलाई एकीकृत गर्ने र प्रिमियमबापत संकलित रकम उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने सोच सरकारको रहेको छ।

स्वास्थ्य बीमासँग सम्बन्धित यी कार्यको कार्यान्वयन १ वर्षभित्र पूरा गर्ने समयसीमा सरकारले निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS