IME Life New

आईएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई काठमाडौं टेक्निकल स्कुलमा ५०%सम्म सहुलियत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई काठमाडौं टेक्निकल स्कुल (केटीएस)का रोजगारमुखी तालिममा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ। यसका साथै स्कुलका प्रशिक्षार्थीलाई प्रशिक्षण अवधिभरि आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटना बीमाको रक्षवरण प्रदान गरिएको छ।

कम्पनी र स्कुलबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको होे। यो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप(आईएमई लाइफ मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाएर छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन्।

Esewa
Crest

स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउ सकिपिङ, बारटेन्डिङलगायतका तालिम लिन सक्नेछन्। उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS