काठमाडौं । शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ अंकको विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। आज बैंकिङ समूह सर्वाधिक ३.८२ प्रतिशत बढ्दा होटल तथा पर्यटन समूह २.६० प्रतिशतले घटेको छ।
बजारमा आज १०४ कम्पनीको शेयरभाउ बढ्दा १४२ कम्पनीको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ९ अर्ब ८२ करोड २२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- ङादी ग्रुप पावरः ६९ करोड १ लाख रुपैयाँ
- राधी विद्युतः ६० करोड ७१ लाख रुपैयाँ
- कुमारी बैंकः ४२ करोड ६३ लाख रुपैयाँ
- युनिभर्सल पावरः ४० करोड ८२ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ३४ करोड १८ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ३१ करोड ९१ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २४ करोड १७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड ५२ लाख रुपैयाँ
- ग्लोबल आईएमई बैंकः २३ करोड २० लाख रुपैयाँ
- सोल्टी होटलः २० करोड ३१ लाख रुपैयाँ

















