IME Life New

एनएलजी इन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २ गते) बसेको बैठकले वार्षिक साधारणसभा जेठ २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँको कुल २.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४५० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरबको नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियमनकारी निकायले कुनै फेरबदल गर्न सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

सभाले सञ्चालक समितिको बैठक भत्ता र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS