IME Life New

क्रेस्ट माइक्रो लाइफको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो जेठ २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा सुर्खेतको वीरेन्द्रनगर–६ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS