IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको कुल व्यापार पौने २ अर्ब माथि, नाफा रु. ११.६१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५७.६५ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा ९९ करोड १ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड ५८ लाख रुपैयाँ र अन्य इक्विटीमा ६८ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा ९३ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा ६९ करोड ६० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा २ अर्ब २८ करोड ९२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ६.०४ प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २.६६ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ७२ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७८ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ८.१६ प्रतिशतले घटेको छ।

शेयरपुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ७.३७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.४१ रुपैयाँ थियो। पीई रेसियो ८५.५१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.५९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS