IME Life New

तोक्मा टेक्नोलोजिजले ल्यायो तोक्मा एप र जीकार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तोक्मा टेक्नोलोजिजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ। काठमाडौंको याक एन्ड यतीमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन्।

तोक्मा टेक्नोलोजिजले अल इन वान एप अर्थात सुपर एपका रुपमा तोक्मा र एनएफसी प्रविधिमा आधारित डिजिटल कार्ड जीकार्ड ल्याएको हो। कार्यक्रममा घिसिङले तोक्मा एप र जीकार्डले नेपालको डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए। ‘यी प्रडक्टले डिजिटल इकोनोमीमा महत्त्वपूर्ण योगदान दिने छन्। यसले थुप्रै रोजगारीका अवसर समेत सिर्जना गर्नेछ,’ घिसिङले भने, ‘यस्ता प्रविधिले दैनिक काममा समेत इफिसेन्सी ल्याउँछन्। त्यसैले तपाइँहरु पनि प्रयोग गर्नुहोस्।’

Esewa
Crest

तोक्मा टेक्नोलोजीका सह–संस्थापक सञ्चमान राईले ३ वर्षको अनुसन्धान गरेर प्रडक्ट ल्याएको जानकारी दिदै सुझाव अनुसार परिवर्तन गर्दै जाने बताए।

त्यस्तै तोक्मा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत सागर आङ्गेदम्बेले तोक्मा एप र जीकार्ड एउटा प्रविधि मात्र नभएर देश परिवर्तनको संवाहक भएको बताए।

सहरी यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुबेर नेपालीले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङ अनिवार्य र सहजता भएको जानकारी दिए।

कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष आजको युगमा इन्नोभेसन अनिवार्यता भएको बताए। ‘हामी यस्तो युगमा बाँचिरहेका छौं, जहाँ नवप्रवर्तन विकल्प होइन, अनिवार्यता हो,’ उनले भने, ‘अब स्टार्टअपहरू केवल साना व्यवसाय होइनन्। आशा, सम्भावना, नेतृत्व र डिजिटल नेपालका संवाहक हुन्।’

त्यसैगरी तोक्मामा ब्राण्ड एमबास्डर विल्सन विक्रम राईले स्वदेशी प्रविधि प्रयोग गर्न सबैलाई आग्रह गरे।
तोक्मा एपमा राइड शेयरिङ, टुर गाइड, सेक्युरिटी, केयर गिभर, शपिङ लगायतका सुविधा रहेका छन्। जीकार्डले भौतिक रुपमा भिजिङ कार्ड बोकेर हिड्नुपर्ने बाध्यतालाई जीकार्डले अन्त्य गर्नेछ।

जीकार्ड भएपछि एनएफसी सपोर्ट गर्ने मोबाइलमा ट्याप गरेर आफ्नो व्यक्तिगत र व्यवसायीक विवरण सजिलै शेयर गर्न सकिने छ। साथै आफ्नो आवश्यकता अनुसार जिकार्डमा विवरण पनि परिवर्तन सकिने छ। यसले वातावरणलाई जोगाउन पनि सहयोग गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS