IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा आज वैशाख २८ गते सम्पन्न भएको छ । सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको छ । जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

Esewa
Crest

सभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गरेको छ । सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS