IME Life New

ओरिएन्टल इन्स्योरेन्सको २०%ले बढ्यो कुल बीमाशुल्क आर्जन, विशेष जगेडा रु. १.६६ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २०.३६ प्रतिशतले बढेको छ।

Esewa
Crest

कम्पनीले समीक्षा अवधिसम्म ८३ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८६ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ४.३५ प्रतिशतले घटेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८४ करोड ९८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १६ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेषा जगेडामा १ अर्ब ६६ करोड ११ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ३३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५ करोड ५७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७७ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ३ करोड १८ लाख रुपैयाँले ऋणात्मक थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS