काठमाडौं । अमेरिका र चीनबीच यसै साता व्यापार युद्धका विषयमा वार्ता हुने भएको छ।
विश्वका दुई ठूला अर्थतन्त्रका अधिकारीहरुबीच व्यापार युद्धबाट सिर्जित तनाव कम गर्न वार्ता हुने भएको हो। वार्ता स्विट्जरल्यान्डमा मे ९ देखि १२ सम्म चल्ने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार वार्तामा चीनका तर्फबाट उपराष्ट्रपति ही लाइफेङ सहभागी हुनेछन्। अमेरिकाका तर्फबाट अर्थसचिव स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जामिसन ग्रिर सहभागी हुनेछन्।
अमेरिकी राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा १४५ प्रतिशत ट्यारिफ लगाएका छन्। उता चीनले पनि अमेरिकी केही सामान १२५ प्रतिशतसम्म ट्यारिफ लगाएको छ।
गत जनवरीपछि पहिलोपटक दुई ठूला देशबीच उच्चस्तरीय वार्ता हुन लागेको हो। विश्व अर्थतन्त्रलाई सन्तुलनमा ल्याउन अमेरिका र चीनबीचको वार्ता फलदायी हुने विज्ञहरुको विश्वास छ। –एजेन्सी

















