IME Life New

निर्जीवन बीमकको व्यवसायमा करिब ३०% हिस्सा मोटर बीमाको, अन्य क्षेत्रको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्म ३२ अर्ब ८१ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन लघु बीमा कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म कम्पनीहरुले मोटर बीमाको सर्वाधिक व्यापार गरेका छन्। मोटर बीमामा कम्पनीले ९ महिनामा ९ अर्ब ८२ करोड ८७ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा २९.९५ प्रतिशत देखिएको छ।

Esewa
Crest

यसैगरी दोस्रो सर्वाधिक धेरै व्यापार कम्पनीहरुको सम्पत्तितर्फ देखिएको छ। चैतसम्म सम्पत्ति बीमामार्फत कम्पनीहरुले ८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.९९ प्रतिशत रहेको छ।

नौ महिनामा कम्पनीहरुले इन्जिनियरिङ र ठेक्कातर्फ ५ अर्ब ५६ करोड १ लाख रुपैयाँ, विविधतर्फ कम्पनीहरुले ३ अर्ब ५७ करोड ४६ लाख रुपैयाँ, सामुद्रिकतर्फ १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ, हवाईतर्फ १ अर्ब ८१ करोड ९९ लाख रुपैयाँ, पशुपन्छी तथा कृषितर्फ १ अर्ब २३ करोड ८८ लाख रुपैयाँ र लघुतर्फ ६९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ र ठेक्काको १६.९४ प्रतिशत, विविधको १०.८९ प्रतिशत, सामुद्रिकको ५.७७ प्रतिशत, हवाईको ५.५५ प्रतिशत, पशुपन्छी तथा कृषिको ३.७८ प्रतिशत र लघुको २.१३ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS