IME Life New

निर्जीवन लघु बीमकले ९ महिना भित्र्याएर रु. ६८.६७ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन लघु बीमकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)ले करिब पौने ६९ करोड रुपैयाँको व्यापार गरेका छन्।

चारवटा निर्जीवन लघु बीमकले यो ९ महिनामा २ लाख ७७ हजार ९८ वटा बीमालेख बिक्री गरेर ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। चैतसम्म सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ७७ हजार ३५१ वटा बीमालेख बिक्री गरेर १९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो धेरै व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन्। चैतसम्म कम्पनीले ६९ हजार १५७ वटा बीमालेख बिक्री गरेर १७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले ७४ हजार ३६५ वटा बीमालेख बिक्री गरेर १६ करोड ३२ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ५६ हजार २२५ वटा बीमालेख बिक्री गरेर १५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS