IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी सम्बन्धी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बैशाख १८ गते कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको छ । यल्लो प्यागोडा, होटल जमल, काठमाडौँमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीको विभागीय प्रमुखहरु, बागमती प्रदेश प्रमुख, Claim, Accounts & Finance, Admin, HRD, Compliance & AML, Underwriting, IT, Reinsurance विभागका प्रमुख तथा सबै कर्मचारी तथा उपत्यकाका हरेक शाखा कार्यालयमा कार्यरत Underwriting तथा Claim का कर्मचारीको सहभागीतामा सो तालिम सम्पन्न गरेको हो ।

उक्त अवसरमा एएमएल तथा सीएफटीको विज्ञ प्रशिक्षकको रूपमा डा.हरि कुमार नेपाल तथा पदम सोडारीले यस क्षेत्रमा भएको हालको अवस्था एवं कम्पनीले अबका दिनमा परिपालन गर्नुपर्ने विषयमा अवगत गराए ।

Esewa
Crest

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले हरेक कर्मचारीले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन, नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र तथा निर्देशन समेतको अक्षरस पालना गरी ग्राहकमहानुभावहरुलाई उच्च स्तरको सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा समेत सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।

सोही अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान गरि तोके बमोजिमको पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पूर्ण रुपमा पालना गरेर कार्य गर्न निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS