IME Life New

जोखिममा १५० देशका आइफोन प्रयोगकर्ता, तनावमा एप्पल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टेक जायन्ट एप्पलले एकै साथ १५० देशका आइफोन प्रयोगकर्ताहरुलाई ठूलो खतराका बारेमा चेतावनी दिएको छ। यो ‘मर्सनरी स्पाइवेयर अट्याक’को खतरा हो।

कम्पनीले यी आक्रमण सामान्य साइबर हमलाभन्दा बढी खतरनाक रहेको जनाएको छ। साइबर अपराधीहरुले केही व्यक्ति र तिनका आइफोनलाई लक्षित गर्ने प्रयास गरिरहेका छन्।

Esewa
Crest

एप्पल आफ्ना प्रयोगकर्ताका बारेमा चिन्तित छ र उनीहरुलाई यो खतराबाट जोगाउन चाहन्छ। कम्पनीले भन्यो, ‘यी आक्रमणको पछाडि जोकोही छ, उससँग धेरै पैसा र स्रोतहरु छन्, त्यसैले यो आक्रमण सामान्य साइबर हमलाभन्दा ठूलो र गम्भीर छ।’

रिपोर्टका अनुसार भाडाको स्पाइवेयर आक्रमणको तरिका समयसँगै परिवर्तन हुँदै जान्छ। त्यसैले आक्रमणको शैली र ढाँचा कस्तो हुनेछ भनेर स्पष्ट रुपमा भन्न सकिँदैन। एप्पलले आफ्नै अनुसन्धानमार्फत यस्ता आक्रमण पत्ता लगाउँछ। यस प्रकारको आक्रमण धेरै पैसा खर्च गरेर गरिन्छ र केही व्यक्तिहरुलाई लक्षित गरिएको भनिन्छ। यसैकारण मर्सनरी आक्रमण रोक्न गाह्रो छ।

रिपोर्टका अनुसार मर्सनरी आक्रमणको अवस्थामा एप्पलले आफ्ना प्रयोगकर्तााई उनीहरुको एप्पल खातासँग लिंक गरिएको ई–मेल ठेगाना र आई–म्यासेजमार्फत सूचनाहरु पठाउँछ। यसबाहेक प्रयोगकर्ताले अकाउन्ट डट एप्पल डट कममा साइन इन गर्दा अलर्ट पनि प्राप्त गर्नेछ।
कम्पनीले परिस्थिति समाधान गर्न आफ्नो वेबसाइटमार्फत चौबीसै घन्टा धम्की प्राप्त गर्ने मानिससँग सम्पर्कमा रहिरहेको छ।

एप्पलले प्रयोगकर्ताले आफ्ना उपकरणहरुलाई सधैं नयाँ सफ्टवेयरका साथ अपडेट राख्नुपर्ने जनाएको छ। उपकरणमा एउटा पासवर्ड सेट गर्नुपर्छ, जुन बलियो होस्। यसबाहेक दुई फ्याक्टर अथेन्टिकेसन पनि जारी राख्नुपर्छ। यदि कुनै म्यासेज शंकास्पद देखिन्छ वा अट्याचमेन्ट शंकास्पद छ भने त्यसलाई खोल्नु हुँदैन। यद्यपि, कम्पनीले कुनै खास आइफोन मोडेल उल्लेख गरेको छैन। यो अलर्ट सबै आइफोन प्रयोगकर्ताका लागि हो जस्तो देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS