IME Life New

कहिलेसम्म शेयर किन्नले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा वैशाख २८ गते गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको ज्ञानेश्वरस्थिर रानीमहल बैंक्वेटमा बिहान १० बजे डाकिएको छ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८०।८१ प्रस्तावित चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

सभाले सञ्चालक समिति तथा अन्य समिति तथा उपसमितिको बैठक भत्ता तथा सुविधा पुनरावलोकन गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई भुक्तानी गरेको रकम अनुमोदन गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावली संशोधनमा सम्बन्धित निकायबाट प्राप्त निर्देशनअनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन अनुमोदन गर्नेछ। यसका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS