IME Life New

बीमितलाई दाबी फरखफारख गर्न आउन राष्ट्रिय बीमा कम्पनीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्ना बीमितहरुलाई सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गराउन आग्रह गरेको छ । दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजातहरु नबुझाएको हुँदा यो सूचना जारी भएको मितिबाट १५ दिनभित्र आवश्यक कागजपत्र बुझाउन आग्ह गरेको हो ।

कम्पनीबाट आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७५/७६ सम्म जारी भएका बीमालेख अर्न्तगत दाबीको जानकारी कम्पनीमा गराई आवश्यक कागजात सूचना जारी भएको मितिबाट १५ दिन भित्र आफूले बीमा गरेको यस कम्पनीको प्रधान वा शाखा कार्यालयहरुमा सम्पर्क राखी बुझाउन आग्ह गरेको हो ।

Esewa
Crest

तोकिएको समयभित्र आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दावी फाईल बन्द भई तामेलिमा जानेकम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७५/७६ सम्म दाबी भुक्तानीका लागि दर्ता भएको दाबी सम्बन्धी विवरण यस कम्पनीमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS