काठमाडौं । नबिल बैंक लिमिटेडको मोबाइल बैंकिङ एप्समा बिहीबार राति देखिएको प्राविधिक समस्या समाधान भएको छ। बैंकका अनुसार राती करिब ८ः३० बजेदेखि देखिएको समस्या एक घण्टामा समाधान गरिएको हो।
एप्समा एक्कासी प्राविधिक गडबडी भएपछि बैंकले ग्राहकलाइ यसबारे सूचित गरेको थियो । साथै प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाउँदै असुविधाका लागि ग्राहकसँग माफी समेत मागेको थियो।

















