IME Life New

लिबर्टी माइक्रो लाइफको बीमा जनचेतना अभियानः देशका विभिन्न ठाउँमा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र मार्केटिङ प्रमुख अशोक कुँवरले नेपालका विभिन्न क्षेत्रहरूमा भ्रमण गरी नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्दै कम्पनीका सदस्यहरूलाई प्रेरित गर्ने, फिल्ड फोर्सलाई प्रोत्साहन र निम्न आय वर्ग तथा ग्रासरुट तहमा बीमा जागरुकता फैलाउने लक्ष्यका साथ कार्यक्रमहरु अघि बढाएका छन्।

हालै उनीहरूले लमजुङ, गोरखा, दमौली, कुश्मा, पोखरा, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढी जस्ता क्षेत्रहरूमा पुगी स्थानीय एजेन्ट, वित्तीय सल्लाहकार र ग्राहकहरूसँग छलफल गरी बीमाको महत्व र यसको आवश्यकतालाई जनचेतना अभियानसँग जोड्ने प्रयास गरेका छन्।

Esewa
Crest

कार्यक्रमका क्रममा राम कुमार यादवले भने, ‘हाम्रो उद्देश्य बिपन्न ग्रामीण तहसम्म पुगी जनतालाई बीमाको सुरक्षा प्रदान गर्नु हो।’ यसका लागि हाम्रा फिल्ड फोर्सहरू नै हाम्रो मूल शक्ति हुन्। कम्पनीले लक्षित गरेको सामाजिक सुरक्षा अभियानमा सबैको सहभागिता अनि साथको लागी आव्हान समेत गरे ।

मार्केटिङ प्रमुख अशोक कुँवरले भने, ‘बीमा भविष्यको सुरक्षा हो। यसलाई मात्र व्यापार नभएर एउटा सामाजिक दायित्वको रूपमा हेर्नुपर्छ।’ उनले ग्रामीण क्षेत्रका बीमा एजेन्टहरूलाई प्रशिक्षण र सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता रहेको बताए । यस अवसरमा स्थानीय स्तरका एजेन्ट, वित्तीय संस्थाका प्रतिनिधिहरू र ग्राहकहरूले पनि बीमा सेवा विस्तारका लागि लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले गरिरहेको प्रयासलाई सराहना गरेका छन्।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले यस्ता जागरूकता कार्यक्रमहरू निरन्तरता दिने र दुर्गम ग्रामीण क्षेत्रसम्म पुगी बीमा संस्कृति अनि सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएको छ। लिबर्टी माइक्रो लाइफले सामाजिक संजाल मार्फत पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम, सामाग्रीहरु पनि प्रसारण गरि बीमा सचेतना अनि महत्वको बारेमा बुझाउदै अघि बढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS