IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नन लाइफ इन्स्योरेन्स अफ द इयर–२०२५” बाट सम्मानित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा प्रवर्द्धनात्मक कार्यक्रम सर्लाही जिल्लाको बरहथवा न.पा मा सम्पन्न गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका स्थित होटल पाराडाइज पार्टी प्यालेसमा गरिएको उक्त कार्यक्रममा निर्जीवन बीमासंग सम्वन्धित विभिन्न बीमालेखका बारेमा जानकारी प्रदान गरिएको थियो ।

उद्योग वाणिज्य संघ बरहथवाका महासचिव अमरनाथ साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इन्स्योरेन्सका मधेश प्रदेश उप प्रमुख श्याम कुमार सिंहले निर्जीवन बीमाका विभिन्न सेवाहरु र दावी भुक्तानीे प्रकृयाको बारेमा सरल तरिकाले प्रस्तूतिकरण गरिएको थियो ।

Esewa
Crest

उद्योगी, व्यापारी, कृषक, बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु गरि करिव नब्बे जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा बरहथवा न.पा पशु सेवा शाखाका प्रमुख रामेश्वर राय विशिष्ट अतिथिका रुपमा रहि पशु बीमाको लाभ लिन अनुरोध गर्दै दावी भुक्तानी प्रक्रियाको लागि सेवा केन्द्रले यथोचित सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS