IME Life New

सञ्चालकको शेयर बिक्रीसम्बन्धी अव्यवहारिक व्यवस्था सच्याउन अध्यक्ष ओझासँग आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निर्जीवन बीमा व्यवसायी संघले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग सञ्चालकको शेयर बिक्रीसम्बन्धी अव्यहारिक व्यवस्था सच्याउन आग्रह गरेको छ।

संघका पदाधिकारीले आज बीमा प्राधिकरणको कार्यालय अध्यक्ष ओझालाई भेटेर यस्तो आग्रह गरेका हुन्। प्राधिकरणका अध्यक्ष ओझालाई भेटेर बधाइ एवं शुभकामना व्यक्त गर्ने क्रममा संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाइबारे ध्यानाकर्षण गराएका छन्।

Esewa
Crest

संघका पदाधिकारीले सञ्चालकहरुको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामापछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति अध्यक्ष ओझाको ध्यानाकर्षण गराए। कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधत्व गरेकै आधारमा शेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको भन्दै तत्काल सच्याउन उनीहरुले आग्रह गरे।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको १ वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको शेयर खरिद–बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत शेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ।’

त्यस्तै नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिँदै आएको प्रत्यक्ष हिस्साबारे पनि संघले अध्यक्ष ओझाको ध्यानाकर्षण गराएको छ। बीमा ऐन, २०७९ को दफा २ मा पुनर्बीमा भन्नाले कुनै एक बीमकले आफूले धारणा गर्ने जोखिमभन्दा बढी अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले ब्यहोर्नेगरी त्यस्तो बीमकसँग गरिएको करार सम्झनुपर्दछ भन्ने उल्लेख गरिएको छ। त्यसैगरी, ऐनको दफा ८० मा समेत सोही व्यवस्था गरिएको छ।

यसका साथै अर्कोतर्फमा देशभित्र स्थापित पुनर्बीमकसंग प्राधिकरणले तोकेको प्रतिशतभन्दा कम नहुने गरी अनिवार्य रुपमा पुनर्बीमा गराउनुपर्नेछ भन्ने व्यवस्थालाई आधार मानेर स्वदेशमा स्थापित दुई पुनर्बीमा कम्पनीलाई सुरुदेखिकै जोखिममा ६–६ प्रतिशत प्रत्यक्ष हिस्सा छुट्याउनुपर्ने व्यवस्था प्रचलनमा रहेको विज्ञप्तिमा उल्लेख छ। उक्त व्यवस्था ऐनको मर्मअनुकूल नभएको हुँदा ऐनको व्यवस्थाबमोजिम बीमा कम्पनीहरुले धारण गर्न मन्जुर गरेको जोखिमबाहेक बाँकी हुन आउने जोखिमको मात्रै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरिदिन संघले आग्रह गरेको छ।

अध्यक्ष ओझासँगको भेटमा अध्यक्ष मल्लसहित पदाधिकारीहरु आजाद श्रेष्ठ, रमेश निरौला, बालकृष्ण श्रेष्ठ र कुनाल कयल सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS