IME Life New

स्वास्थ्य बीमाको प्रिमियम बढाउन र करको दायरामा आबद्ध गर्न सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारद्वारा गठित आर्थिक सुधार सुझाव आयोगले स्वास्थ्य बीमाको प्रिमियम बढाउन सुझाव दिएको छ।

अर्थमन्त्री विष्णु पौडेलसमक्ष आयोगले पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। स्वास्थ्य बीमाको प्रिमियम रकम केही (रु. ३५०० बाट रु. ५०००) बढाउन र संकलित रकम उच्च प्रतिफल दिने गरी व्यवस्थापन गर्न आयोगले सुझाव दिएको छ।

Esewa
Crest

स्वास्थ्य बीमाको हालसम्मको सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो भार सम्बोधन गर्न स्वास्थ्यमा हानी गर्ने सूर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ।

यसैगरी दोहोरिएको र छरिएको स्वास्थ्य बीमा सेवा एकद्वार प्रणालीबाट लागू गर्न राम्रो हुने आयोगको ठहर छ। ‘स्वास्थ्य बीमालाई करसँग आबद्ध गर्न जरुरी छ’, आयोगको प्रतिवेदनमा भनिएको छ, ‘न्यूनतम आयको सीमा तोकी सोभन्दा न्यून आय भएकालाई बीमाको प्रिमियम तिर्न नपर्ने तर सामाजिक सुरक्षा कर तिर्नुपर्ने र सीमाभन्दा माथि भएकोले प्रिमियम तथा कर दुवै तिर्नुपर्ने गरेकोमा करको दायरा पनि बढ्ने र एकद्वार प्रणाली पनि लागू हुने थियो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS