IME Life New

सामसङसँग स्मार्ट र कनेक्टेड घरको अनुभव सुरु गर्नुहोस् नयाँ वर्ष २०८२ मा !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा नयाँ वर्ष २०८२ को आगमनसँगै सामसङ नेपालले ‘नयाँ वर्षको सुरुआत, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ।
आफ्नो नवीनतम स्मार्ट टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरुलगायत आफ्नो अप्लायन्सहरुमा विशेष छुट, उपहार र सजिलो ईएमआई सुविधासहित यो अफरले ग्राहकको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउनेछ।

स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरुलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिन्छ। तपाइँको घरका टीभी, रेफ्रिजरेटर तथा वासिङ मेसिनजस्ता अप्लायन्स सबै एक अर्कासँग कनेक्टेड रहन्छन्। तपाइँको जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्नेछ।

Esewa
Crest

यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टीभी ब्रान्डको उपाधि कायम राखेको टीभी लाइन–अप समावेश छ। चुनित ५५ इन्च वा सोभन्दा माथिका टीभीहरुको खरिदमा १२ महिनासम्म वर्ल्डलिंक इन्टरनेट र नेटटीभी सेवा पनि निःशुल्क पाइनेछ। साथै, पुराना अप्लायन्स एक्सचेन्ज गरेर ५५ इन्च, ६५ इन्च , ८५ इन्च , वा ८५ इन्च साइजको निश्चित मोडलको यूएचडी टीभीको खरिद गर्दा रु. ८ हजारसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ। यी सबै टीभीमा ३ वर्षको वारेन्टीसमेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहनेछ।

त्यसैगरी सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वासिङ मेसिन पनि यस अफरमा समावेश छन्। ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वासिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ। साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ। जसले गर्दा तपाइँको यी नयाँ खरिद गरिएको अप्लायन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन्।

हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले ०% ब्याजदरमा १२ महिनासम्म, र टीभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन्। निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर www.arkostore.com बाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लायन्सहरुमा रु ८,००० सम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ।

आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र आधिकारिक रिसेलर त्रिवेणी व्यापारद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरुले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टीभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सक्छन्। ग्राहकले www.samsungplaza.com.np मा गएर अनलाइनमार्फत पनि यी सबै अफरहरुको फाइदा उठाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS