IME Life New

स्वास्थ्य बीमा बोर्डको खातामा रू. १ अर्ब बाँकी, तिर्नुपर्ने रू. १६ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्ष २०८१।८२ को अन्त्यसम्ममा स्वास्थ्य बीमा कार्यक्रमवापतको भुक्तानी गर्नुपर्ने दायीत्व २४ अर्ब रूपैयाँ पुग्ने भन्दै चिन्ता व्यक्त गरेको छ। बोर्डले लामो समयदेखि स्वास्थ्य संस्थाको बक्याैता भुक्तानी गर्न नसकेको अवस्था छ।

बोर्डले ४५ बुँदे श्वेत पत्रमार्फत् आफ्नो वित्तीय अवस्था, बीमा कार्यक्रमको अवस्था, चुनाैती र भविष्यको रणनीतिबारे जानकारी गराएका छ। बोर्डका अनुसार अहिलेकै अवस्थामा स्वास्थ्य संस्थालाई बीमा वापतको १६ अर्ब ४५ करोड रूपैयाँ सोधभर्ना गर्न बाँकी छ। बोर्डका अनुसार १६ अर्ब रूपैयाँ भन्दा बढी दायीत्व भएपनि बोर्डसँग गत फागुन मसान्तसम्ममा कोषमा जम्मा १ अर्ब रूपैयाँ बाँकी रहेको थियो।

Esewa
Crest

आम्दानी र खर्चबीचको अन्तर निरन्तर फराकिलो हुँदै गएको बोर्डले जनाएको छ। चालु आर्थिक वर्ष २०८१।८२ मा बोर्डले जम्मा २६ अर्ब ५९ करोड बजेट स्वीकृत गरेपपनि बजेटको एक तिहाईमात्र रकम प्राप्त हुने देखिएको बोर्डले सार्वजनिक गरेको श्वेत पत्रमा उल्लेख छ।

बोर्डका अनुसार सेवा प्रदायकलाई सोधभर्ना गर्नुपर्ने रकम मासिक झण्डै दुई अर्ब रूपैयाँका दरले थपिने गरेको छ।

प्रत्येक वर्ष कोषले घर भाडावापत मात्र दुई करोड ३४ लाख रूपैयाँ व्यहोर्नु परिरहेको छ। कर्मचारीको तलब भत्ता तथा दर्ता सहयोगी प्रोत्साहन वापतको दायीत्व पनि निरन्तर बढ्दै गएको बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बताए। बोर्डको आर्थिक वर्ष २०८०।०८१ को अन्तिम लेखा परीक्षणको अवधिसम्म बोर्डको बेरुजु दुई अर्ब ८५ करोड २४ लाख रूपैयाँ रहेको छ। बोर्डको वार्षिक आन्तरिक आम्दानीको ७५ प्रतिशत बेरुजु देखिनु चुनौतीपूर्ण भएको श्वेतपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS