IME Life New

ग्लोबल आइएमई बैंकका कार्डवाहकलाई सेल्सवेरीमा १०% सम्म क्यासब्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकका कार्डवाहक ग्राहकले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।

यससम्बन्धी समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ विभागका सेल्स एन्ड बिजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

यस समझदारीअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरमा पोइन्ट अफ सेल (पस) मेशिनमार्पmत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन्।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २२१ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS