IME Life New

एशियन लाइफको होटलले आम्दानी बढाए पनि ब्याज खर्च बढ्दा अझै घाटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स मुख्य प्रवर्द्धक रहेको अर्किड होल्डिङ्स लिमिटेडको कारोबार रकममा ३२ प्रतिशतको उल्लेख्य वृद्धि भए पनि अझै घाटामा छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार गत आर्थिक वर्षमा कारोबार बढे पनि ब्याज खर्च बढ्दा कम्पनीले १३ करोड १० लाख रुपैयाँ घाटा व्यहोरेको हो।

अर्किड होल्डिङ्सले रवि भवनमा चारतारे स्तरको होटल सञ्चालन गरिरहेको छ। एशियन लाइफले यो होटलको शेयर स्वामित्व खरिद गरेको २ वर्ष पूरा भइसकेको छ।

Esewa
Crest

होल्डिङ्सले गत आर्थिक वर्ष २०८०।८१ मा रवि भवनस्थित चारतारे स्तरको क्राउन इम्पेरियल होटलमार्फत १६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा यसको आम्दानी १२ करोड २० लाख रुपैयाँ रहेको थियो।

होटलको आम्दानीको अधिकांश हिस्सा सभा समारोह, प्रदर्शनी र सामाजिक रितिरिवाजअन्तर्गतका कार्यक्रमबाट प्राप्त भएको हो। होटलको रुम अकुपेन्सी दर समानस्तरका अन्य होटलभन्दा कमजोर छ। रेटिङ्सका अनुसार यसको अकुपेन्सी दर जम्मा ३७.०४ प्रतिशत रहेको छ। अर्थात होटलले कुल १३१ मध्ये वर्षभरमा भाडा लगाएको कोठाको गणना गर्दा औसतमा जम्मा ३७ कोठामा मात्र पर्यटक बसेका थिए भने बाँकी रित्तो रहेको थियो। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा यो झनै २१.३६ प्रतिशत स्रीमित थियो।

जुवा खेल्नका लागि सोल्टी होटलमा आउने तर तुलनात्मक रुपमा सस्तो आवासीय सुविधा खोज्ने भारतीय पर्यटकलाई टार्गेट गरेर यो होटल सञ्चालनमा आए पनि यसले भारतीयलाई अपेक्षित रुपमा आकर्षित गर्न सकेको छैन। न त यो होटल मध्यम वा निम्न मध्यम वर्गीय भारतीयमाझ ‘वेडिङ डेस्टिनेसन’ का लागि बिकाउ नै हुन सकेको छ।

चार तारे हाेटलकाे शेयर किनेर पर्यटन व्यवसायमा समेत प्रवेश गर्‍यो एशियन लाईफ

रेटिङ एजेन्सीका अनुसार कारोबार आम्दानीमा वृद्धि भए पनि कर ह्रासकट्टीअघिको नाफा १ करोड १० लाख रुपैयाँमा झरेको छ। यसबाहेक यो स्थितमा नाफा मार्जिन पनि ७.१२ प्रतिशतमा सीमित छ। उच्च ब्याज खर्चका कारण कम्पनीको खुद घाटा बढेको छ। करपछिको नाफा अघिल्लो आर्थिक वर्षमा २१ करोड ८० लाख रुपैयाँले नकारात्मक रहेकोमा गत आर्थिक वर्षमा १३ करोड १० लाख रुपैयाँ नकारात्मक रहेको छ। अर्थात् १३ करोड १० लाख रुपैयाँ घाटा छ।

कम्पनीको सुरुआती वर्षहरुमा ऋण र ब्याजको भार थोरै भए पनि पछिल्लो समयमा ऋणको भार दोब्बर बढेको छ। यसले ब्याज खर्च पनि ह्वात्तै बढाइदिएको छ। गत आर्थिक वर्षमा ब्याज खर्च नै १८ करोड ६० लाख रुपैयाँ पुगेको थियो। यो रकम भनेको यसको वर्षभरको आम्दानीभन्दा पनि धेरै हो।

केयर रेटिङ्स नेपालका अनुसार अर्किड होल्डिङ्सले होटल सञ्चालन र निर्माणका लागि साबिकको १ अर्ब ३ करोड २० लाख रुपैयाँ दीर्घकालीन कर्जाबाट होल्डिङ्सले कर्जाको सीमा १ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ। दीर्घकालीन कर्जाका लागि साबिकको केयर एनपी बी प्लस रेटिङलाई केयर रेटिङ्सले पुनः समर्थन गरेको छ।

अर्किड होल्डिङ्समा एशियन लाइफ इन्स्योरेन्स सबैभन्दा ठूलो लगानीकर्ता हो। यसको ४३.१९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS