IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार संघमा रहेका ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्नेछ।

सम्झौतापत्रमा सलिको इन्स्योरेन्सका नायब महाप्रबन्धक कवि राज पौडेल र संघका अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन्। सम्झौता आदानप्रदान कार्यक्रममा सलिको इन्स्योरेन्सका प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने, संघका पदाधिकारी तथा यातायात व्यवसायीहरूको उपस्थिती रहेको थियो।

Esewa
Crest

सम्झौताअनुसार, संघमा आबद्ध ट्रकहरूको व्यापक बीमा सलिको इन्स्योरेन्सबाट हुनेछ। साथै, भविष्यमा कुनै पनि बीमा दाबी परेमा भुक्तानी प्रक्रिया थप सहज, सरल र छिटो हुने व्यवस्था मिलाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS