IME Life New

आठ महिनामा लघु निर्जीवन बीमकको करिब ५८ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म करिब ५८ करोड रुपैयाँको व्यापार गरेका छन्।

हाल सञ्चालनमा रहेका ४ वटा लघु निर्जीवन बीमकले २ लाख ३० हजार ७ वटा बीमालेख जारी गरेर ५७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

सबैभन्दा धेरै व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले फागुनसम्म ६५ हजार ८३७ वटा बीमालेख जारी गरेर १६ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। फागुनसम्म यो कम्पनीले ५५ हजार ६२३ वटा बीमालेख जारी गरेर १४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले ६१ हजार ९४ वटा बीमालेख जारी गरेर १३ करोड ५१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्स ४७ हजार ४५३ वटा बीमालेख जारी गरेर १३ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS