IME Life New

ग्लोबल मनी विकमा प्राइम बैंकको वित्तीय साक्षरता कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंक शाखा कार्यालय अरुणखोलाले ग्लोबल मनी विक–२०२५ का अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शाखा कार्यालय अरुणखोलाद्वारा वित्तीय साक्षरता कार्यक्रम बुधबार मध्यविन्दु नगरपालिका–१२ तमास्पुरस्थित श्री यादव माविमा सम्पन्न गरेको हो।

Esewa
Crest

बैंकको अरुणखोला शाखा टिम र प्रधानाध्यापक ज्ञानेन्द्र महतोको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बैंकको अरुणखोला शाखाका प्रमुख टुल्का प्रसाद काफ्ले, सम्बन्ध अधिकृत आशीष गिरी र सञ्चालन विभाग प्रमुख हरिप्रसाद खरेलले सहभागी ५८ जना विद्यार्थी तथा १४ जना शिक्षकमाझ बैंकिङ तथा सुरक्षित वित्तीय कारोबारसम्बन्धी वित्तीय साक्षरताका आधारभूत शिक्षा प्रदान गरेका थिए।

विद्यालयका प्रधानाध्यापक महतोलगायत अन्य शिक्षक तथा कर्मचारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागी ५८ जना विद्यार्थीको उपस्थिति उत्साहपूर्ण रहेको जानकारी बैंकका शाखा प्रमुख काफ्लेले दिए। यस कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निक्षेपमा उच्चतम ब्याज, कर्जा लगानीसहित एटीएम सेवा, क्रेडिट कार्ड, मोबाइल बैंकिङजस्ता आधुनिक बैंकिङ सेवाहरुसमेत प्रदान गर्दै आइरहेको बैंकले विद्यार्थी बचत खाता शून्य मौज्दातमा खोल्न सकिने साथै पहिलो वर्ष एटीएम र मोबाइल बैंकिङ निःशुल्क उपलब्ध रहेको शाखा प्रमुख काफ्ले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS