IME Life New

क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले गत फागुन २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री गरेको थियो।

Esewa
Crest

कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ४५ हजार कित्ता शेयर बिक्री खुला गरेको थियो। यो आइपीओमा १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन गरेका थिए। जसमध्ये १० हजार १२६ आवेदक परेको १ लाख ५४ हजार ८८० कित्ता बदर भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदकबाट परेको २ करोड २५ लाख ८४ हजार ७७० कित्ता सदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण क्रेस्ट माइक्रो लाइफको आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदकमध्ये १७ लाख ७१ हजार १८५ आवेदकको हात खाली भएको छ।

यो आइपीओ अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आइपीओ जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS