IME Life New

बीमा प्राधिकरणको सञ्चालकमा नियुक्ति पाएपछि राधाले दिइन् आफ्नो संगठनको अध्यक्षबाट राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्ति पाएपछि राधाकुमारी पोखरेलले शेयर बजारसँग सम्बन्धित आफ्नो संगठनबाट राजीनामा दिएकी छन्।

पोखरेलले शेयर बजारका लगानीकर्तासँग सम्बन्धित ‘नेपाल पुँजीबजार लगानीकर्ता संघ’को अध्यक्ष पदबाट राजीनामा दिएकी हुन्। आफू बीमा प्राधिकरणको सञ्चालक नियुक्त भएपछि संघमा बसेर काम गर्न नमिल्ने भएकोले राजीनामा दिएको पोखरेलले उल्लेख गरेकी छन्।

Esewa
Crest

अर्थमन्त्रीस्तरको निर्णयबाट पोखरेललाई गत चैत १ गतेदेखि लागू हुने गरी बीमा प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो। बीमा प्राधिकरणमा नियुक्ति पाएपछि पोखरेलले नभ्याउने भन्दै राजीनामा दिएकी छन्।

उनी उक्त संगठनमा २०७५ साउन २ गतेदेखि अध्यक्षको भूमिका थिइन्। उनले उपाध्यक्ष राजु पौडेलसमक्ष राजीनामा पेस गरेकी हुन्।

त्यसो त पोखरेललाई बीमा प्राधिकरणमा महिला सञ्चालकमा नियुक्ति गरिएकोमा निकै आलोचना भइरहेको छ। किनकि उनीसँग बीमा ऐन, २०७९ मा तोकिएबमोजिमको विज्ञता र कार्यानुभव नरहेको जानकारहरुको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

15%
happy

खुसी

11%
sad

दु :खी

59%
amazed

अचम्मित

4%
excited

उत्साहित

11%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS