IME Life New

स्वास्थ्य बीमाः यी बिरामीलाई रु. ५ लाखसम्मको कभर, उपचारमा थप रकम चाहिए पुनर्बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवाको दायरा बढाउने योजना बनाएको छ।

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन, २०८१ को कार्यान्वयन कार्ययोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सेवाको दायरा बढाउने योजना समावेश भएको हो। विशिष्टीकृत स्वास्थ्य सेवालाई कार्यविधि बनाएर सेवाको दायरा विस्तार गरी ५ लाख रुपैयाँसम्मको कभर प्रदान गरिने मन्त्रालयले जनाएको छ।

Esewa
Crest

कार्ययोजनाअनुसार मिर्गौला र अल्जाइमर्सका बिरामीलाई आगामी वर्षदेखि ५ लाख रुपैयाँबराबरको कभर प्रदान गरिनेछ।

त्यस्तै मुटुका बिरामीलाई आगामी वर्ष ३ लाख रुपैयाँबराबर र त्यसपछिका हरेक वर्ष क्रमशः ५० हजार रुपैयाँ थप गरी ५ लाख रुपैयाँसम्म कभर हुने व्यवस्था गरिने कार्ययोजनामा उल्लेख छ।

अन्य सबै प्रकारका कडा तथा जटिल रोग र दीर्घरोगका बिरामीलाई आगामी वर्ष २ लाख रुपैयाँबराबर र त्यसपछिका हरेक वर्ष क्रमशः ५० हजार रुपैयाँ थप गर्दै ५ लाख रुपैयाँसम्म कभर गर्ने प्रबन्ध मिलाइने कार्ययोजनामा जनाइएको छ।

यस कार्यको जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय र सहयोगी निकाय नेपाल सरकार (मन्त्रिपरिषद्) रहनेछ।

यसैगरी कडा रोगका बिरामीलाई थप उपचारका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्नका लागि पुनर्बीमा लागू गरिने कार्ययोजनामा उल्लेख छ। यो व्यवस्था ६ महिनाभित्र लागू गर्ने जिम्मेवारी पूरा गर्न स्वास्थ्य मन्त्रालय र सहयोगी निकायका रुपमा मन्त्रिपरिषद रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS