IME Life New

स्वास्थ्य बीमाको दाबी व्यवस्थापनमा सुधार गर्दै सरकार, ल्याउँदैछ यस्ता व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य सेवा प्रदायक संस्थाबाट दाबी प्रबिष्टि हुनसाथ शोधभर्नाको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनको कार्यान्वयन कार्ययोजनामा दाबी परीक्षण र भुक्तानीको कार्यतालिका बनाई दाबी प्रबिष्टि हुनासाथ शोधभर्ना गर्ने (रियल टाइम क्लेम एन्ड रियल टाइम पेमेन्ट) व्यवस्था कार्यान्वयनमा ल्याउने योजना समेटिएको छ। यो व्यवस्था कार्यान्वयन भएमा दाबी व्यवस्थापनमा सुधार हुने मन्त्रालयको अपेक्षा रहेको छ।

Esewa
Crest

यसैगरी सबै सेवाप्रदायक संस्थाले इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रयोग गरी एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई)मार्फत दाबी प्रविष्टि गर्ने व्यवस्था पनि कार्यान्वयन गरिने मन्त्रालयले आफ्नो कार्ययोजनामा उल्लेख गरेको छ।

यी व्यवस्थाको जिम्मेवार निकाय स्वास्थ्य बीमा बोर्ड तथा सहयोगी निकाय सेवा प्रदायक स्वास्थ्य संस्था र स्वास्थ्य मन्त्रालय हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS