IME Life New

स्वास्थ्य बीमा : प्रत्येक वर्ष वैशाखमा एकमहिने राष्ट्रिय अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले प्रत्येक वर्ष वैशाखमा एकमहिने स्वास्थ्य बीमालाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनको कार्यान्वयन कार्ययोजनामार्फत हरेक वर्ष वैशाख महिनाभरि स्वास्थ्य बीमालाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने घोषणा गरिएको हो। स्वास्थ्य बीमामा नागरिकको सचेतना बढाउने उद्देश्यले यो अभियान सञ्चालन गर्ने कार्ययोजना रहेको मन्त्रालयले जनाएको छ।

Esewa
Crest

मन्त्रालयका अनुसार स्वास्थ्य बीमालाई हरेक वर्षको एक महिना (वैशाख)लाई स्वास्थ्य बीमा आबद्धता र नवीकरण अभियानका रुपमा सञ्चालन गरिनेछ। यो अभियान सञ्चालनको जिम्मेवारी स्वास्थ्य बीमा बोर्डलाई दिइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहयोग निकायको भूमिका निर्वाह गर्नेछ।

यसैगरी माध्यमिक र उच्च माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य बीमासम्बन्धी विषयवस्तु समावेश गर्ने कार्ययोजना पनि मन्त्रालयको रहेको छ। यसको जिम्मेवार निकाय पनि स्वास्थ्य बीमा बोर्ड र सहयोग निकाय स्वास्थ्य मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहनेछन्।

बीमा साक्षरता बढाउन विभिन्न माध्यमबाट स्वास्थ्य बीमासम्बन्धी सचेतना अभिवृद्धि गरिने मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS