IME Life New

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक काफ्लेले सम्हाले पदभार, गरे यस्ता प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा रघुराज काफ्लेले शुक्रबारदेखि पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त कार्यकारी निर्देशक काफ्लेले आफ्नो कार्यकालमा गर्ने कामप्रति प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले युनिभर्सल हेल्थ कभरेजको पहिलो प्रतिबद्धता व्यक्त गरे। ‘मेरो दोस्रो प्रतिबद्धता वित्तीय दिगोपना हुनेछ’, उनले भने, ‘तेस्रोमा सुलभ सरल र गुणस्तरीय स्वास्थ्य सेवा, चौथोमा संस्थागत क्षमता सुदृढ गर्ने र पाँचौँ सबै कार्यमा सुशासन कायम गर्ने मेरो प्रतिबद्धता छ।’

Esewa
Crest

आफ्ना यी प्रतिबद्धता सिफारिस समितिमा पनि पेस गरेको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए। ‘यी प्रतिबद्धता पूरा गर्न अन्य धेरै स–साना काम गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यसमा कर्मचारी तथा सरकारको सहयोग मिल्छ भन्ने मलाई पूर्ण विश्वास छ।’

गत सोमबार मन्त्रिपरिषदको बैठकले काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि कार्यकारी निर्देशक डा दामोदर बसौलाको कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS