IME Life New

बैंकहरुले चैतका लागि के गरे ब्याजदर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुमध्ये अधिकांशले चैतका लागि ब्याजदर स्थिर राखेका छन् भने केहीले बढाएका छन् र केहीले घटाएका छन्।

हालसम्म प्राप्त सूचनाअनुसार वाणिज्य बैंकहरुमध्ये अधिकांशले ब्याजदर स्थिति राखेका छन्। केहीले घटाएका छन् भने केहीले बढाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा फागुनकै अधिकतम ब्यादरलाई चैतमा निरन्तरता दिनेमा वाणिज्य बैंकमा एनआईसी एसिया, एभरेष्ट, प्रभु, सानिमा, माछापुच्छ्रे र एनएमबी रहेका छन्।

Esewa
Crest

ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा ग्लोबल आइएमई, कुमारी र सिटिजन्स रहेका छन्। चैतमा ग्लोबल आइएमईले बढाएर ६ प्रतिशत, कुमारी ६.०१ प्रतिशत र सिटिजन्सले ५.८५ प्रतिशत कायम गरेका छन्। फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबलले ५.७५ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत, सिटिजन्सले ५.५ प्रतिशत दिएका थिए।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउनेमा हिमालयन र नेपाल बैंक रहेका छन्। फागुनमा हिमालयन बैंकले ६.२५ प्रतिशत दिएकोमा चैतमा घटाएर ५.५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट घटाएर ५.५० प्रतिशत कायम गरेको छ।

उता राष्ट्रियस्तरका विकास बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्।

बैंकहरुले चैतमा लागू हुने ब्याजदर आज फागुन २९ गते प्रकाशित गरेका छन्। प्रकाशित सूचनाअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले फागुनकै मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई चैतका लागि निरन्तरता दिएका हुन्।

राष्ट्रियस्तरका विकास बैंक मुक्तिनाथ, गरिमा, कामना सेवा, ज्योति, शाइन रेसुंगा, ज्योति, लुम्बिनी र सांग्रिलाले फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिएका थिए। चैतमा पनि सोही ब्याजदरलाई उनीहरुले निरन्तरता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS