IME Life New

आज अन्तिम दिन क्रेस्ट माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आज अन्तिम दिनसम्म १३ गुणा बढी आवेदन परेको छ । सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आइपीओमा २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिनएका छन्। जुन मागभन्दा १३.२७ गुणाले बढी हो।

कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।

Esewa
Crest

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS