काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को लागि हालसम्म ८ वटा विकास बैंकले मात्रै लाभांश घोषणा गरेका छन् । यी बैंकहरुले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गर्ने विकास बैंकहरुमा ग्रिन डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक, शाइन रेसुङगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र लुम्बिनी विकास बैंक हुन् ।
ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशलमव ०५२७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये ५ दशलमव ७५ प्रतिशत बोनश शेयर रहेको छ भने कर प्रयोजनका लागि ० दशलमव ३०२७ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।
कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये ७ प्रतिशत बोनश शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश रहेको छ ।
शाइन रेसुङगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये ३ प्रतिशत बोनश शेयर रहेको छ भने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १० दशलमव ००८३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमध्ये ९ दशलमव ५०७९ प्रतिशत बोनश शेयर रहेको छ भने कर प्रयोजनका लागि ० दशलमव ५००४ प्रतिशत नगद लाभांश रहेको छ ।
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ३ प्रतिशत बोनश शेयर रहेको छ भने कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद लाभांश रहेको छ ।
सांग्रिला डभेलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ३ दशलमव ८४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमध्ये ३ दशलमव ६५ प्रतिशत बोनश शेयर रहेको छ भने ० दशलमव १९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।
गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले यस वर्ष बोनश शेयर नदिने निर्णय गरेको छ ।
लुम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ३ प्रतिशत बोनश शेयर रहेको छ भने ४ प्रतिशत कर प्रयोजनका लागि समेत गरी नगद लाभांश वितरण गर्ने जनाएको छ ।
ग्रिन डेभलपमेन्ट बैंक बाहेक लाभांश घोषणा गरेका सबै विकास बैकले बुक क्लोज गरिसकेका छन् । यीमध्ये अधिकांश विकास बैंकले साधारण सभा पनि सम्पन्न गरिसकेका छन् ।