IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज शुक्रबार बाँडफाँट गरिएको छ। आइपीओ धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान साढे ८ बजे बाँडफाँट गरिएको हो।

कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

Esewa
Crest

त्यसेमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर बाँडफाँट गरिएको थियो।

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यो आइपीओ फागुन ११ गतेबाट फागुन १५ गतेसम्म खुला गरिएको थियो। १८ लाख १७ हजार १४८ आवेदकबाट माग भएको २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयर सदर भएको थियो। १० हजार ३८६ आवेदकबाट माग भएको १ लाख ७१ हजार ९६० कित्ता शेयर भने बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यो आइपीओमा सदर आवेदकमध्ये १६ लाख ३२ हजार ६४८ को हात खाली भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओको अन्तिम नतिजा सीडीएससीको मेरो शेयर, धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल र धितोपत्र निष्कासनकर्ता नेपाल माइक्रो इन्स्योरेन्सको वेबसाइटमा गएर हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS