IME Life New

नेपाल एसबीआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’बाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबीआई बैंक कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधातर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ।

उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौंदेखि गरेको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको हो। बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी र प्रमुख सञ्चालन अधिकृत विकास आनन्दलाई प्राडा फत्तबहादूर केसी, मुख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा उक्त अवार्ड प्रदान गरेका थिए। कार्याक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसमेतको उपस्थिति थियो।

Esewa
Crest

नेपाल एसबीआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS