IME Life New

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, मर्जरको ढोका खोल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आउँदो चैत ११ गते साधारणसभा डाकेको हो । सभा विराटनगरको होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले अन्य इन्स्योरेन्स कम्पनीसँग मर्जरको ढोका खोल्नेछ। अन्य कुनै इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्न आवश्यक भएमा सोसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले नियमनकारी निकायबाट कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने निर्देशन आएमा सोसम्बन्धमा कार्य गर्न सञ्चालक समितिलाई नै अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। सभाले सर्वसाधारणतर्फ दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले सञ्चालकको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा र सामाजिक उत्तरदायित्वअन्तर्गत गरेका खर्च स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको फागुन २६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS