IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो। कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

Esewa
Crest

कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म १५ लाख ७२ हजार ५८८ जनाबाट २ करोड ४ लाख १ हजार ९२० कित्ता खरिदका लागि आवेदन परेको छ। आगभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS