काठमाडौं । दंगीशरण गाउँपालिमा वडा नं.२ कलमखोला, दाङमा रहेको हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना उद्यमी सदस्यहरुलाई निःशुल्क रुपमा रु १ लाखको वार्षिक म्यादी जीवन बीमा गरिदिने भएको छ । कृषि वन उद्यममा आधारित रहेको उक्त सहकारीले सञ्चालन गरेको दुनाटपरी र बाँसको झाडु उत्पादनमा आबद्ध शेयर सदस्यहरुले काम गर्ने क्रममा भविष्यमा हुन सक्ने सम्भावित जोखिम बाट हुने आर्थिक क्षतिलाई न्युनिकरण गर्ने उदेश्यका साथ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सहकारी बीच सम्झौता भएको हो ।
दुनाटपरी उत्पादनका लागि वनमा सालका पातहरु टिप्दा वा कुनै कारणले चोटपटक लागेर घाईते भएमा रु।१० हजारसम्म औंषधी खर्च, मृत्युु भएमा रु।१ लाखको दोब्बर गरि रु।२ लाख र काजकिरिया खर्च रु।२५ हजार दिने सम्झौतामा उल्लेख गरिएको छ ।
त्यसैगरी सहकारीमा कार्यरत कर्मचारीलाई पनि निस्शल्क बीमा गरिनेछ भने सहकारीमा आबद्ध शेयर सदस्यहरुले धितो वा विना धितो ऋण लिदाँ बीमाको व्यवस्था गरिएको हो । मानिसको जीवन हो, कुन बेला के हुन्छ? भन्ने थाहा हुदैन । ऋण लगेको कुनै सदस्यको मृत्युु हुन गएमा घर परिवारलाई दुस्खमा साथ दिने साटो ऋणको रकम माग्न जानू ठुलो पाप हो । जसको लागि स्वयं ऋणी सदस्यले सामान्य बीमा शुल्क तिरेर न्युनतम बीमाङ्क रकम रु १० हजार देखि रु।५ लाखसम्म ऋण रकमको बीमाको व्यवस्था गरिएको हो ।

















