IME Life New

ट्रस्ट माइक्रो इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ।
आइपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार (फागुन ४ गते) भएको हो। सम्झौतापत्रमा आइपीओ निष्कासन गर्ने कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।
टस्ट्र माइक्रोले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रत्शिेयर अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणमा निष्कासन गर्नेछ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई ट्रस्ट माइक्रो इन्स्योरेन्सले २०८० कात्तिक १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० चैत १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS