IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के-के छन् अजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिले यही फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS