IME Life New

नेपालमा प्रतिव्यक्ति बीमाशुल्क लगानी जम्मा रु. ६४००

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली जीवन बीमा बजारमा एकजनाले औसतमा वार्षिक ६ हजार रुपैयाँ बीमाशुल्क जम्मा गर्ने गरेको पाइएको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०।८१ मा नेपालमा बीमाको घनत्व प्रतिव्यक्ति जम्मा ६ हजार ४४४.९४ रुपैयाँ रहेको थियो।

Esewa
Crest

प्राधिकरणका अनुसार दक्षिण एसियाली मुलुक भारतको तुलनामा नेपालको प्रतिव्यक्ति घनत्व बढी हो। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा बीमाको घनत्व प्रतिव्यक्ति ६ हजार ८.२७ रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यसमा ७.२७ प्रतिशतले वृद्धि भएको थियो।

आर्थिक वर्ष २०७९।८० मा बीमाशुल्क १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ संकलन भएकोमा आर्थिक वर्ष २०८०।८१ मा ८.२३ प्रतिशतले वृद्धि भई १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ संकलन भएको देखिन्छ। वैदेशिक रोजगार बीमाबाहेक आर्थिक वर्ष २०७९।८० मा ३९.०३ प्रतिशत जनसंख्या जीवन बीमाको दायरामा आएको देखिन्छ भने आर्थिक वर्ष २०८०।८१ मा सो जनसंख्यामा केही कमी आई ३६.५३ प्रतिशतमा झरेको देखिन्छ। वैदेशिक रोजगार बीमासहित हेर्ने हो भने यो सूचकांक ४४.३८ प्रतिशतबाट घटेर ४३.२७ प्रतिशत पुगेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS