IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको व्यापारमा आकर्षक वृद्धि, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले २ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २० लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ८८.३१ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले ९ करोड ३ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५९ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क ४०५.४२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३२ लाख ११ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३ लाख ७४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३२ लाख ५ हजार रुपैयाँ र अन्य इक्विटीमा ३७ लाख ८१ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा ३ लाख ६२ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३० लाख ९८ हजार रुपैयाँ र अन्य इक्विटीमा ३६ लाख ५७ हजार रुपैयाँ रहेको थियो।

कम्पनीको बीमा कोषमा २ करोड २२ लाख ९९ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा २७ लाख ५६ हजार रुपैयाँ थियो। बीमा कोषको आकार ७०९.११ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS